निसान किक्सको खरिदमा ३ लाख पचास हजारसम्म छुट

74

निसान किक्सको खरिदमा एकै पटक ३ लाख ५० हजार नगद छुट पाइने भएको छ। नयाँ वर्ष २०७९ को अवसरमा निसान नेपाल लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो अफर सार्वजनिक गरेको हो।

त्यस्तै, कम्पनीले एक वर्षको इन्स्योरेन्स र सडक कर पनि निःशुल्न दिने योजना सार्वजनिक गरेको छ। निसान नेपालले आफ्नो आधिकारिक फेसबुकबाट सार्वजनिक गरेको सो योजनासँगै थप विशेष आकर्षकहरू पनि उल्लेख गरेको छ। जसअन्तर्गत एक्सचेन्ज अफर पनि छ।

साथै, ग्राहकहरूले पुरानो गाडीको लागि आकर्षक मूल्याकंकन पाउने बताइएको छ।

समग्रमा ग्राहकहरूले ४ लाख ५२ हजारसम्मको छुट पाउने कम्पनीको भनाइ छ। यो अफर आजदेखि सुरू भएको छ भने आगामी वैशाख १७ (अप्रिल ३० अर्थात )सम्म लागु हुनेछ। विशेषत छुट र योजनामा केही नियम र सर्तहरू भने लागु हुनेछ।

हाल नेपाली बजारमा निसान किक्सको सुरुवाती बजार मूल्य ४८ लाख ९९ हजारदेखि ७२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।