दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा केबलकार सञ्चालनमा आउने

48

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेलस्थित वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनीले सो केबलकार सञ्चालन गर्ने भएको हो ।

चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलन गरी सो बिषयमा जानकारी गराएको हो । कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अव निर्माण प्रकृया शुरु हुने जानकारी दिए । उनका अनुसार अवको तीन बर्षमा निर्मण कार्य सम्पन्न भई सो केबलकार सञ्चालनमा आउने छ ।

कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानूनी अवरोधहरूको निकास सर्वोच्च अदालतले दिएपछि परियोजनाको कार्य तिब्र गतिले प्रारम्भ गरीएको कम्पनिले जनाएको छ ।

कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार वि.सं. २०७९ (२०२२) को अन्त्यमा सुरु गरेर वि.सं. २०८१ (२०२५) को अन्त्यमा सक्ने लक्ष्य लिएको छ।