यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

56

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यअनुसार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ र अदुवा ५५ रुपैयाँ रहेको छ ।

साथै अनार ३२५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ, इमली १७० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काँक्रो ६५ रुपैयाँ र हाइब्रीड काँक्रो ३५ रुपैयाँ रहेको छ ।

यसैगरी कागतीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, किवी ५२५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, बुलेट हरियो खुर्सानी ४५ रुपैयाँ, सुकेको खुर्सानी ३७५ रुपैयाँ, हरियो खुर्सानी ५५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, टनेल गोलभेँडा ४३ रुपैयाँ, लोकल सानो गोलभेँडा ३३ रुपैयाँ, राजमा घिउ सिमी ७५ रुपैयाँ र घिरौला ३५ रुपैयाँ रहेको छ ।

त्यस्तै, चिचिन्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग ९५ रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पुदिना २२५ रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सलगम ७५ रुपैयाँ र ज्यापू काउली ६५ रुपैयाँ रहेको समितिले जनाएको छ ।