कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह एक सय रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ५५ रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ र लोकल गोलभेँडा ४७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।