नेपालबाट ११ करोड ४७ लाखको ‘क्याप टोपी’ निर्यात

26

नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ४७ लाख रुपैयाँ बराबरको ‘क्याप टोपी’ निर्यात भएको छ । भन्सार विभागले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षभरिमा ह्याट्ससहित उक्त मूल्य बराबरको क्याप टोपी निर्यात भएको हो ।

विभागले गत वर्ष नेपालबाट १० करोड ६४ लाख रुपैयाँ बराबरको क्याप निर्यात भएको जनाएको छ । यस्तै, सोही अवधिमा ८८ लाख रुपैयाँ बराबरको ह्याट्स निर्यात भएको जानकारी विभागले दिएको छ ।  खासगरी, नेपालबाट विदेशतर्फ गार्मेन्टबाट बनेका सामाग्री निर्यात हुने गरेको छ । गत वर्ष नेपालबाट सल, मोजा, जुत्ता, टिसर्ट जस्ता वस्तुको समेत निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।