काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
सिभिलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि तिर्न ०.५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै, प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।