काठमाडौं । बाणिज्य बैंकहरुबाट निक्षेप बाहिरीने क्रम रोकिएको छ । माघ महिनामा वाणिज्य बैंकहरूमा रहेको निक्षेप साढे १३ अर्ब रूपैयाँले घटेको छ । पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ निक्षेप थियो । माघ मसान्तसम्ममा निक्षेप घटेर ४३ खर्ब १० अर्ब ८५ करोड रूपैयाँमा आइपुगेको छ ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले पुस मसान्तसम्म ४१ खर्ब ४२ अर्ब ९२ करोड रूपैयाँ कर्जा प्रवाह गरेकामा माघ मसान्तसम्म आइपुग्दा कर्जा प्रवाह ११ अर्ब ९२ करोड रूपैयाँले बढेर ४१ खर्ब ५४ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ ।

त्यस्तै पुस महिनाको तुलनामा १२ अर्बले बढेले लगानी बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार माघ ७ गतेसम्म कूल निक्षेप पुस मसान्तको तुलनामा १३ अर्बले घटेर ४३ खर्ब ११ अर्बमा कम भएको छ । त्यस्तै माघ २० गतेसम्म आईपुग्दा बाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढेर पुनः ४३ खर्ब ११ अर्ब पुगेको थियो  । माघ मसान्तसम्ममा ४३ खर्ब ११ अर्ब कायम रहेको थियो ।