आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज काउलीको मूल्य प्रतिकिलो २५ रुपैयाँ कायम भएको जनाएको छ । समितिले आजको मूल्यसूची सार्वजनिक गर्दै काउलीको होलसेल कारोबार प्रतिकिलो २५ रुपैयाँमा भइरहेको जनाएको हो ।
घिउ सिमी प्रतिकिलो ८५ रुपैयाँ, चमसुरको सागको प्रतिकिलो ५५ रुपैयाँ, कन्या च्याउको १३५ रुपैयाँ प्रतिकिलो, डल्ले च्याउको मूल्य प्रतिकिलो ३६५ रुपैयाँ छ । यसैगरी, हरियो छ्यापीको मूल्य प्रतिकिलो ७५ रुपैयाँ सुकेको छ्यापी ३३५ रुपैयाँ प्रतिकिलो छ भने तिते करेलाको मूल्य प्रतिकिलो १३५ रुपैयाँ छ । यस्तै, सुकेको प्याजको मूल्य प्रतिकिलो ६३ रुपैयाँ छ ।
यस्तै, विकास समितिले आजका लागि हरियो प्याजको मूल्य प्रतिकिलो ३५ रुपैयाँ ब्रोकाउली प्रतिकिलो ३५ रुपैयाँ प्रतिकिलो छ । यसका साथै, भिण्डीको मूल्य प्रतिकिलो ११० रुपैयाँ तोकिएको समितिले जानकारी दिएको छ ।साभार:रातोपाटी