PUTRAJAYA, 8 Jun -- Kenaikan harga minyak masak botol lima kilogram (KG) telah memberi kesan kepada orang ramai selepas kekurangan bekalan minyak paket bersubsidi sejak akhir-akhir ini. Menteri Perusahaan Perladangan dan Komoditi Datuk Dr Mohd Khairuddin Aman Razali hari ini dilaporkan berkata, harga minyak masak di pasaran sekitar RM30 bagi botol lima kilogram adalah munasabah, memandangkan kenaikan harga minyak sawit bertapis yang tinggi pada masa ini. Pengguna boleh mendapatkan bekalan minyak masak dalam bungkusan polibeg yang dijual lebih murah, sekiranya mendapati terdapat kenaikan harga minyak masak dalam botol di pasaran. Timbalan Menteri Perdagangan Dalam Negeri dan Hal Ehwal Pengguna (KPDNHEP) Datuk Rosol Wahid berkata, minyak masak dalam bungkusan polibeg 1 kilogram (KG) yang telah disubsidikan oleh Kerajaan di bawah Program Skim Rasionalisasi Harga Minyak Masak (COSS) itu, boleh didapati di semua premis jualan termasuk di pasar raya dan kedai runcit. --fotoBERNAMA (2021) HAK CIPTA TERPELIHARA

खानेतेलको मूल्य नेपालमा पछिल्लो तीन वर्षभित्रै दोब्बर बढेको छ । नेपाल खुद्रा व्यापार संघले तय गरेको नयाँ मूल्य सूची तुलना गर्दा पछिल्लो तीन वर्ष अवधिमा सबै प्रकारका खानेतेलको मूल्य करिब दोब्बरले बढेको देखिन्छ ।

वि.सं. २०७६ साल फागुनमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २७० रुपैयाँ थियो । २०७८ फागुनमा भुटेको तोरीको तेलको मूल्य लिटरमा १३० रुपैयाँले बढेर ४०० रुपैयाँ पुगिसकेको छ ।

२०७६ फागुनमा १७० रुपैयाँ प्रतिलिटर रहेको काँचो तोरी तेलको मूल्य २०७८ अहिले ३८५ र १५० रुपैयाँ प्रतिलिटर रहेको भटमासको तेलको मूल्य अहिले २७० रुपैयाँ पुगेको छ । २०७६ फागुनमा १६० रुपैयाँ प्रतिलिटर रहेको सूर्यमुखी तेलको मूल्य अहिले २९० रुपैयाँ पुगेको छ ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार उद्योगबाटै मूल्य बढेर आएकाले तेलको खुद्रा मूल्य बढिरहेको बताउँछन् । खानेतेल उत्पादन गर्ने उद्योगीले नै मूल्य बढाएर पठाएकाले बिक्री मूल्य बढिरहेको तुलाधरको दाबी छ ।

‘उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा खानेतेलको मूल्य बढेको भन्दै यता पनि बढाइरहेका छन् । उता बढ्नासाथ यता बढाइहाल्छन्,’ उनले भने, ‘तर, उद्योगीहरूले एकपटकमा कम्तीमा दुई महिनासम्म मौज्दात राख्ने गरी आयात गर्छन् ।’ त्यसरी गरिएको आयातबाट निकालिएको तेलको मूल्य पनि अन्तर्राष्ट्रिय बजारलाई बहाना देखाउँदै बढाउने गरेको उनको भनाइ छ ।

व्यापार संघका महासचिव तुलाधारले उद्योगीले आफूखुसी मूल्य बढाएको बताए पनि तेल उद्योगी प्रदीप मुरारका अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा बढेको दाबी गर्छन् । ‘नेपालमा खानेतेलको कच्चा पदार्थ उत्पादन हुँदैन,’ मुरारकाले भने, ‘यहाँ खपत हुने सम्पूर्ण तेल र तेल बनाउन आवश्यक कच्चापदार्थ विदेशबाट आयात हुन्छ । विदेशबाट आयात गर्दा अन्तर्राष्ट्रिय मूल्यअनुसार नै ल्याउनुपर्छ ।’

नेपालमा युक्रेन, इन्डोनेशिया, मलेसिया, ब्राजिल, अर्जेन्टिना र भेनेजुयला लगायत देशबाट खानेतेल आउँछ । यी मध्ये पनि युक्रेनबाट यसअघि सबैभन्दा धेरै कच्चा तेल आयात हुने गर्थ्यो । तर, रुसले आक्रमण गरेपछि युक्रेनबाट तेल आयात ठप्प छ । युक्रेन विश्व बजारमा माग हुने खानेतेल पूर्ति गर्ने प्रमुख राष्ट्र रहिआएको थियो ।

माग पूरा गर्ने राष्ट्र नै युद्धमा फस्दा निर्यात रोकिएको र विश्वभरको आपूर्ति प्रणाली प्रभावित बन्दा अन्तर्राष्ट्रियस्तरमै खानेतेलको मूल्य बढेको नेपाल वनस्पति घ्यूतेल उत्पादक संघ दाबी गर्छ । संघका अनुसार यही वर्ष ब्राजिल र अर्जेन्टिनामा समेत खडेरी लागेर तोरी, भटमास र सूर्यमुखीको उत्पादन घटेको छ ।

युक्रेन–रूसबीच युद्ध छेडिनुअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा (अप्रशोधित) खानेतेलको मूल्य प्रतिमेट्रिक टन १८००/१९०० अमेरिकी डलरसम्म थियो । युद्ध छेडिएपछि कच्चा खानेतेलको मूल्य बढेर २१०० डलरसम्म पुगेको संघले जनाएको छ । यद्यपि, अहिले यसको मूल्य घटेर १९०० डलर कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा खानेतेलको मूल्य बढेपछि नेपालका प्रशोधन उद्योगहरूले पछिल्लो डेढ महिनायता तेल आयात गरेका छैनन् । अप्रशोधित तेलको मूल्य घट्ने आशमा उद्योगीहरूले पछिल्लो समय तेल आयात नगरेको मुरारकाको भनाइ छ ।

डेढ महिनादेखि अप्रशोधित तेल आयात नगरेपनि अबको दुई महिनासम्म नेपालको माग धान्न उद्योगहरू सक्षम रहेको बताइएको छ । हाल नेपालमा २२ वटा तेल प्रशोधन उद्योग छन् । यी उद्योगहरूले पाम तेल, भटमास तेल, तोरी तेल र सूर्यमुखी तेल आयात तथा प्रशोधन गर्दै आएका छन् ।

यी मध्ये ४ वटा उद्योगले नै नेपालको माग धान्ने संघको भनाइ छ । नेपालको वार्षिक खानेतेल माग र खपत करिब २ लाख ५० हजार टन रहेको र यो माग ४ वटा उद्योगले नै धान्दै आएको संघले जनाएको हो । बाँकी १८ वटा उद्योगले भारततर्फ खानेतेल निर्यात गर्दै आएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि खानेतेलको मूल्यवृद्धि स्वाभाविक रहेको बताउँछ । विभागका प्रवक्ता हरि पङ्गेनीले रातोपाटीसँग कुरा गर्दै खानेतेलको मूल्य वृद्धि स्वाभाविक रहेको बताए । उनले माघ महिनामा उद्योगीसँग खानेतेलको मूल्य मागेको र विभागले मूल्य सूची तथा यसको लागत हेर्दा मूल्य वृद्धि स्वाभाविक रहेको जनाए ।

विभागसँगको छलफलमा व्यवसायीहरू तेलको बिक्रीमा घाटामा रहेको देखिएको पङ्गेनीको भनाइ छ । सोही कारण मूल्यवृद्धि स्वाभाविक रहेको विभागको अनुसन्धानबाट देखिएको उनको दाबी छ ।

‘बजारमा उद्योगीले लागतभन्दा बढी मूल्य लिएको जानकारी आएमा तत्काल कारबाही गर्न विभाग तयारी अवस्थामा छ’, उनले भने, ‘विभागले अहिले दैनिक २० जना कर्मचारीलाई ४/५ वटा समूहमा विभाजन गरेर अनुगमन गरिरहेको छ ।’

तीन वर्षमा खानेतेलको मूल्य प्रतिलिटर