२२ चैत, काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९८ हजार ३ सय रुपैयाँ तोकिदा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा छापावाल, ९८ हजार २ सय रुपैयाँमा तेजावी सुन र प्रतितोला १३ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।