२७ जेठ, काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको ९७ हजार २ सय रुपैयाँ छ । बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य १२ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी १२ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।