नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बने आगामी ५ वर्षभित्रै देशमै रासायनिक मल कारखाना खोल्ने घोषणा गरेको छ ।  मंसिरमा हुने निर्वाचनको चुनावी घोषणापत्रमार्फत एमालेले यस्तो योजना अघि सारेको हो ।

‘पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने छ । प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न र त्यसबाट उत्पादन हुने ग्यास एवं विद्युतको प्रयोगका लागि सहुलियतका तरिका (स्किम) उपयोगमा ल्याइनेछ’, एमालेले भनेको छ, ‘माटोको स्वास्थ्य बिग्रन नदिन र बिग्रेको माटोको स्वास्थ्य सुधारका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।’