नेकपा एमालेले करका दरहरूलाई प्रगतिशील बनाउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक सो पार्टीको चुनावी घोषणापत्रमा करको दायरा विस्तार गरिने समेत उल्लेख गरिएको छ । ‘उद्योगी व्यवसायी र आयआर्जन गर्ने व्यक्ति निरुत्साहित हुने रउद्यमशीलता घट्नेगरी करका दरहरू निर्धारण गरिने छैन, तर जनताको करलाई दुरुपयोग हुन पनि दिइने छैन’, एमालेको घोषणापत्रमा भनिएको छ ।
राजस्व मास्ने, राजश्व चुहावट र दुरुपयोग गर्ने, लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्ने, विकास आयोजनाको पुँजीगत खर्च गर्न नसक्ने र फजुल खर्च गर्नेलाई उत्तरदायी बनाई सजाय गर्न कानुनमा संशोधन गरिने एमालेको प्रतिबद्धता छ ।
यसबाहेक वित्तीय नीति, राजस्व नीति र खर्च नीतिको तर्जुमा कार्यान्वयन एक अर्काको प्रवर्धक हुनेगरी व्यवस्थित गरिने जनाइएको छ । यस्तै स्थानीय तहमा पञ्जीकरणसम्बन्धी शलु्क हटाउने पनि एमालेको प्रतिबद्धता छ ।
अनौपचारिक अर्थतन्त्रलाई मौद्रिकीकरण र औपचारीकरण गर्ने, न्यून विजकीकरण, अधिकविजकीकरण, हुण्डी लगायतका विभिन्न माध्यमबाट अवैधरूपमा मुद्रा विदेश लग्ने कार्यलाई नियन्त्रण गरिनेलगायतका विषय पनि घोषणापत्रमा समेटिएको छ ।