महालक्ष्मीविकास बैंकले Tesla Diagnostic र Drishti Eye Care संग सम्झौता गरेको छ । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थासँग सम्झौता गरेको हो ।

यस्तै, सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले Tesla Diagnostic मा अधिकतम १०% र Drishti Eye Care मा अधिकतम २०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविटकार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटलयुगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाबाट वित्तीय जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।