काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानीका क्रममा कागजपत्र नपुगेर कोरोना बीमाको दाबी नपाएकालाई कागजपत्र
पेश गर्न निर्देशन दिएको छ ।
संघले पटक पटक कागजपत्र बुझाउन निर्देशन दिँदा पनि नबुझाउने बीमितलाई १५ दिनको म्याद दिएको छ । कोरोना बीमा गरी पिसिआर पोजेटिभ भै निर्जीवन बीमा कम्पनीहरुमा दाबीको जानकारी गराई हालसम्म पनि आवश्यक कागजपत्र नबुझाएकालाई यस्तो सूचना जारी गरिएको छ ।
यदि यस अवधीमा दाबीकर्ताहरुले आवश्यक कागजात नबुझाएमा उनिहरुको फाइल नै रद्द हुने भएको छ ।
सूचनासहित