गोर्खाज फाइनान्स लिमिटेडको स्थानान्तरित विरगंज शाखा उद्घाटन गरिएको छ ।
वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष डेकिन्द्र कुमार राई र नेपाल राष्ट्र बैंकका निर्देशक एवं वीरगंज शाखा प्रमुख राजन देव भट्टराईले गत शुक्रबार एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्तव्य राख्दै वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल एवं निर्देशक भट्टराईले वित्तीय संस्थालाई उत्पादनशील क्षेत्रमा कर्जा लगानी वृद्धि गरी समाजमा रोजगारी श्रृजना गर्न अनुकरणीय भूमिका खेल्न आग्रह गरे ।
हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको यस वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्यूनीकरण गर्दै प्राथमिकता प्राप्त क्षेत्रमा लगानी वृद्धि गर्ने योजना साथ अघि बढिरहेको प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए ।