काठमाडौं । लुम्बिनी विकास बैंकको साधारणसभा पुस २६ गते (मंगलबार) हुने भएको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कालिकास्थान स्थित अमृतभोगमा गर्ने कम्पनीले जनाएको छ ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।
संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने, कम्पनी ऐन २०६३ बमोजिम संस्थापक समुहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।