काठमाडौं । नबिल बैंकले ३८ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
यस्तै, बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
साथैै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । त्यसैगरी, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयरधनी तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।