काठमाडौं । सगरमाथा इन्सुरेन्सले १३.१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो ।

यस्तै, प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।