साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाले बढेर १ लाख १२ सय रुपैयामा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम गरेको छ ।

यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।