काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बिहीबार अन्तिम रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु बाट भने पुस ५ गतेपछि आवेदन लिन बन्द गरिएको थियो ।
यसमा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।