काठमाडौं । नेपाल बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । त्यसै, पुस १३ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।