काठमाडौं । उपत्यकामा आज बिहानैदेखि हुस्सु र कुहिरोका कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बिहानैदेखि हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिएका छन् । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको उनले बताए ।

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताएका छन् ।