नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयता शपथ लिएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।