माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

संविधानको धारा ७६ को दफा २ अनुसार आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । उनी यसअघि २०६५ र २०७३ सालमा प्रधानमन्त्री बनेका थिए ।