मेगा बैंकको साधारणसभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाबाट बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकले ७.७९ प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । सभाले मेगा बैंकको १०० कित्ता सेयर बराबर मेगा बैंकका सेयरधनीलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात (१००ः९०) मा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको हो । दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।