काठमाडौं । एनसीसी बैंककोे कुल १० लाख ३९ हजार ५ सय ४ कित्ता संस्थापक सेयर मंगलबारदेखि बिक्री खुला भएको छ ।
एनसीसीका ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । यसमा एनसीसीकै अन्य संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् ।
यस्तै, सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबारदेखि ३५ दिनभित्र बैंकको बागबजार, काठमाडौंस्थित सेयर विभागमा लिखित निवेदन दिनुपर्नेछ ।