काठमाडौं । युनियन लाइफ इन्सुरेन्स कम्पनीले ९.१० प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस्तै, कम्पनीको मंगलबार(पुस १२ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
त्यसैगरी, नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।