काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य उकालो लागेको छ ।

मंगलबार प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी महासंघले आज तेजावी सुन १ लाख ६ सय रुपैयाँ कायम गरेको छ । साथै, आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।