काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य घटेको छ ।
बुधबार प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले घटेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज तेजाबी सुन २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम गरेको छ । यस्तै, आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।