काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।
कम्पनीले ४६ हजार ८६९ कित्ता संस्थापक सेयर नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार कम्पनीकै संस्थापक सेयरधनीलाई बिक्री खुला गरेकोमा सो अवधिमा कुनै पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।
उक्त सेयर खरीद गर्न ईच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।