काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ कायम गरेको छ । साथै, आज चाँदी पनि स्थिर रहेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।