काठमाडौं । भारतीय आयल कर्पोरेसन लिमिटेड (आइओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले बढाएर पठाएको हो ।
मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ ।