काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेश राज अर्याल चयन भएका छन् । बैंकको अध्यक्षमा भने अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् ।

साविक कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिइओमा अर्याल र अध्यक्षमा प्रताप जंग चयन भएका हुन् ।

साविक कुमारी र एनसीसी बैंकले पुष १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।