काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको विशेष साधारणसभा माघ ३ गते मंगलबार हुने भएको छ ।
कम्पनीले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । यस्तै, कम्पनीले बुक क्लोज मिति पुस २५ गते तोकेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी हो ।