काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेन्चुरी बैंकलाई एक आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिएको छ ।

केन्द्रीय बैंकले प्रभु बैंक र सेन्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । मर्जरपश्चात प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।

यता, दुबै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले पनि एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ ।