काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको
छापावाला सुन आज ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, नेपाल सुनचाँदी महासंघले तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।