काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनी भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरको नाममा दर्ता कायम रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यस्तै, उक्त सेयर प्रति कित्ता २ सय रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ । उक्त संस्थापक सेयरहरू बिक्री गर्दा बैंकको बहालवाला संस्थापक सेयरधनीलाई पहिलो प्रथामिकता दिनु पर्ने प्रावधान भएबाट उक्त संस्थापक सेयर खरिद गर्न चाहाने संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
त्यसैगरी, बैंकले तोकेको उक्त समयभित्र कुनै पनि निवेदन प्राप्त नभएमा उक्त संस्थापक सेयर कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।