काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एकिकृत कारोबार गर्नेभएका छन् । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिए सँगै अबको १५ दिन भित्रमा एकिकृत कारोबारको मिति तय गर्नु पर्नेछ ।
यस्तै, अबको एक महिना भित्रमा एकिकृत कारोबार सञ्चालन गरिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । इन्भेष्टमेन्ट र मेगाबीचमा स्वाप रेसियो १०० कित्ता बराबर ९० कित्ताको अनुपातमा सेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति दिएको हो ।
यहि स्वाप रेसियोका आधारमा धितोपत्र बजारमा पूँजी मिलान गर्नु पर्नेछ । मर्जर पछि बन्ने बैंकको केन्द्रिय कार्यालय दरवारमार्गमा रहनेछ ।