काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध भएपछि ल्याउन पाउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएका हुन् ।