काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारणसभा आज (पुस २०) गते हुने भएको छ । कम्पनीको सभा आम्रपाली व्यान्क्वीट काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ । कम्पनीको मंसिर १६ गते सबेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

यस्तै,कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को वार्षिक नाफारनोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीछलफल गरी पारित गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरिसकेको छ । त्यसकारण पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।