काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य उकालो लागेको छ ।

मंगलबार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाले तेजावी सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै, बुधबार चाँदीको मूलय भने १० रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।