काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ ।
बुधबार १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन २ सय रुपैयाँले बढेर १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै,आज चाँदी भने १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ ।