काठमाडौं । गरिमा विकास बैंकको वार्षिक साधारण सभा शुक्रबार पुस २२ गते हुने भएको छ ।

बैंकको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले साधरण सभा बस्ने निर्णय गरेको हो । सभा होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजेबाट सुरु हुनेछ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर सहित १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गरेको छ । पुस ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।