काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको कार्यालय थानकोट परिसरमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुंग्याएको छ ।

साथै संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गरेको छ ।