काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । साथै, शुक्रबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।