काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा सोमबार पुस २५ गते हुने भएको छ ।

बैंकको गत पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रालि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै, सभामा बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

साधार सभा प्रयोजनका लागि बैंकले पुस १२ गते बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।