काठमाडौं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

पौष २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ४ अर्ब २६ करोड रुपैयाँको ३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजन सहित ३.८ प्रतिशत नगद लाभांश सहित ६.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाबाट पारित भए पछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।