काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज आइतबार हुँदैछ । कम्पनीको सभा अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजे सुरु हुनेछ ।
यस्तै, कम्पनीले मर्जर र लाभांश प्रस्ताव तथा सेयर संरचना परिवर्तको पारित गर्ने प्रमुख एजेण्डा रहेको छ । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ 0.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले वार्षिक प्रतिवेदन,लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, हिसाव नाफा नोक्सान एकिकृत आय ब्यय हिसाव लगायतका अनुसूचिहरु लेखापरीक्षक नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।