काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो छुट्टै मोबाइल बैंकिङ एप्लिकेसन सार्वजनिक गरेको छ । आफ्ना सदस्यलाई मोबाइल एपका साथै क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानाएको छ ।
साथै, मोबाइल एप्लिकसनअन्तर्गत कनेक्ट आएपीएस तथा फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ ।
यस्तै, युटिलिटि पेमेन्टको प्रयोगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने, सदस्यलाई आफ्नो (इकाई केन्द्र) बैठकको बारेमा जानकारी लिन सकिने र कारोबार सफल भएपश्चात कारोबारको जानकारी रकमसहित बोलेर सुनाउने अन्य महत्वपूर्ण फिचर यस एपमा रहेको छिमेकले जानकारी गराएको छ ।